सकियो वर्षकै उत्कृष्ट फोटोहरुको प्रदर्शनी
7:23 AM
सकियो वर्षकै उत्कृष्ट फोटोहरुको प्रदर्शनी
अनलाइनखबर
0प्रतिक्रिया
२१ भदौ, काठमाडौं । फोटो पत्रकार क्लवको आयोजनामा काठमाडौंमा भएको ‘आइएमई-ग्लोबल-आइएमई’ ‘नेपाल फोटो प्रतियोगिता- २०७३’ मंगलबार सकिएको छ ।
नेपाल आर्ट काउन्सिलमा भाद्र १६ देखि सुरु भएको फोटोप्रदर्शनी मंगलवार सकिएको हो । ६ दिनसम्म चलेको फोटो प्रदर्शनीमा नेता, कलाकार, व्यवसायी, विद्यार्थी लगायत सर्वसाधारणको उल्लेखनीय उपस्थिति रह्यो ।
प्रदर्शनीमा उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख ओनसरी घर्ती मगर, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ एमाले नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, नायिका करिष्मा मानन्धर, पि्रयंका कार्की लगायतले पनि अवलोकन गरेका थिए ।
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा भएको फोटो प्रदर्शनीमा फोटो प्रतियोगितामा उत्कृष्ट भएका १ सय पचास वटा तस्वीर राखिएको थियो । फोटो प्रदर्शनी विराटनगर, धरान ,सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा पनि गरिनेछ ।
प्रदर्शनीको विभिन्न कलाकारहरूले अवलोकन गरेका छन् । नेपाली नायिका करिष्मा मानन्धर, नायिका पि्रयंका कार्की, हास्य कलाकार आरपी भट्टराई, हास्य अभिनेत्री दीपाश्री निरौला लगायतका कलाकारले प्रदर्शनी अवलोकन गरेका छन् ।
प्रदर्शनीको अवलोकन गर्न विभिन्न राजनीतिक दलका नेताहरू आर्ट काउन्सिलमा पुगेका थिए । भूकम्पका कारुणिक तस्वीर हेरेर अधिकांश नेताहरूले प्रतिकि्रया किताबमा भावुक प्रतिकि्रया व्यक्त गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपीले छोटो प्रतिकि्रया लेखेका छन् । प्रतिकि्रया किताबमा उनले लेखे- ‘नयाँ ढाँचाका नयाँ फोटोहरू प्रेरणादायी छन् ।’
त्यस्तै एमाले वरिष्ठ नेता झलनाथ खनालले भूकम्पका कारुणिक दृश्य र सामाजिक जीवनका दृश्य सँगालेर आयोजित प्रदर्शन भब्य रहेको प्रतिकि्रया दिए ।
एमाले प्रभावशाली नेता माधवकुमार नेपालले प्रदर्शनीले फोटोग्राफरहरूलाई दुर्लभ क्षणका फोटोहरू खिच्न अभिप्रेरित गर्ने जनाएका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिकि्रया दिएका छन्-‘वर्तमान नेपालका दुःखान्त घटना समेतेका सजीव फोटोहरू हेर्न पाउँदा अत्यन्त खुशी लाग्यो ।’
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले फोटो प्रदर्शनी उपलब्धीमूलक भएको भन्दै आयोजकलाई बधाई व्यक्त गरेका छन् । सन्देशमूलक तथा इतिहास बचाउने यस फोटो प्रदर्शनीमा सहभागी हुन पाएकोमा सभामुख ओनसरी घर्ती मगरले खुशी व्यक्त गरेकी छिन् ।
0 comments