आर्थिक समृद्धिका लागि सहयोग गर्न अमेरिका तत्पर

10:15 AM

आर्थिक समृद्धिका लागि सहयोग गर्न अमेरिका तत्पर

काठमाडौँ,  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजसँग आज भएको भेटमा संविधानको सर्वस्वीकार्यताका लागि आफूले पहल गरिरहेको जानकारी गराउनुभएको छ ।
आफ्नो निवास बूढानीलकण्ठमा आज भएको भेटमा उहाँले संविधानले निर्दिष्ट गरेको समयसीमाभित्रै सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन गराउने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभयो । संविधान जारी भइसकेपछि मुलुकलाई समृद्ध र आर्थिक रुपले समुन्नत बनाउन विदेशी लगानी अपरिहार्य रहेकाले यसतर्फ पहल गरिने बताउनुभएको काँग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा राजदूत टेप्लिजले मुलुकको सबैभन्दा ठूलो दलका सभापति र पूर्वप्रधानमन्त्रीको समेत अनुभव भएकाले संविधान कार्यान्वयन, अन्य राजनीतिक दलसँगको सहमति लगायत विषयमा नेता देउवाको महत्वपूर्ण एवम् नेतृत्वदायी भूमिका रहने विश्वास व्यक्त गर्नुभएको थियो । राजदूतले संविधानको उचित कार्यान्वयन तथा नेपालको आर्थिक उन्नति, प्रगति एवम् समृद्धिका लागि अमेरिका हरेक प्रकारको सहयोग उपलब्ध गराउन तत्पर रहेको बताउनुभयो । रासस

You Might Also Like

0 comments

Popular Posts