नौ करोड महसुल उठ्यो

10:13 AM

नौ करोड महसुल उठ्यो

काठमाडौँ,  भदौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेका पाँच हजार २०९ ग्राहकको लाइन काटेको छ ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार यही भदौ ३ गतेदेखि सुरु भएको बक्यौता नतिर्नेको लाइन काट्ने अभियानमा सफलता मिल्दै गएको छ । काटिएका लाइनमध्ये दुई हजार ६७४ ग्राहकले भने महसुल र तोकिएको जरिवाना तिरेरै भए पनि पुनः लाइन जोडेका छन् ।प्राधिकरणले आजसम्म रु नौ करोड ८५ लाख ७८ हजार ४९१ महसुल समेत उठाएको छ । काटिएका लाइनबाट करिब रु २४ करोड ३५ लाख महसुल उठाउन बाँकी छ । प्राधिकरणले लाइन काटिएका कुनै पनि ग्राहकलाई विद्युत् नदिन तिनका छिमेकीलाई आग्रह गरेको कार्यकारी प्रमुख मुकेशराज काफ्लेले जानकारी दिनुभयो ।
लाइन काटिएका ग्राहकलाई विद्युत् दिइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी प्राधिकरणले दिएको छ । यस्तै सरकारी निकायमा रहेको बक्यौता तिर्न प्राधिकरणले आग्रह गरिए पनि केहीले मात्रै सुनुवाइ गरेको र धेरैले सुनुवाइ नगरेका कारण उनीहरुको लाइन काट्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको बक्यौता रु १० अर्ब बढी रहेको छ । रासस

You Might Also Like

0 comments

Popular Posts