अर्थ सचिव सुवेदी सर्वोत्कृष्ट निजामति कर्मचारी घोषित (सूचीसहित)
7:28 AM
२१ भदौ, काठमाडौं । सरकारले अर्थ सचिव डा. शान्तराज सुवेदीलाई यस बर्षको सर्वोत्कृष्ट निजामति कर्मचारी घोषणा गरेको छ ।
तेह्रौं निजामति सेवा दिवसका अवसरमा सरकारले सचिव डा. सुवेदीलाई सर्वोत्कृष्ट राष्ट्रसेवक घोषणा गरी सर्वोत्कृष्ट निजामति सेवा पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।
सुवेदी हालै मात्र अर्थ सचिवमा सरुवा भएका हुन् । उनी यसअघि अख्तियारमा थिए ।
सरकारले हरेक बर्ष भदौ २२ गतेलाई निजामति सेवा दिवसका रुपमा मनाउने गरेको छ । र, दिवसका अवसरमा प्रत्येक बर्ष ४१ जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ ।
सरकारले थप १० जना कर्मचारीलाई उत्कृष्ट निजामति सेवा पुरस्कारले सम्मान गर्ने निर्णय गरेको छ । निजामति सेवा दिवसका अवसरमा सरकारले बुधाबार बिशेष कार्यक्रमका वीच उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको हो ।
सरकारले तोकेको जिम्मेवारी इमान्दारीताका साथ पुरा गरेको भन्दै उनीहरुलाई सम्मान गर्न लागेको हो । यस्तै थप ३० जनालाई निजामति सेवा पुरस्कारबाट सम्मानित गर्ने पनि निर्णय गरेको छ ।
सम्मानित हुनेहरुको सूची हेर्नुस्
0 comments